नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ कात्तिक ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही घोडाबाट लडेर घाइते भएका छन् । हुम्लाको सिमिकोटमा रहेको जलविद्युत आयोजनाको निरीक्षण गर्न जाने क्रममा शाही घोडाबाट लडेका हुन् ।
उनको टाउकोमा सामान्य चोट लागेको छ । शाहीलाई हेलिकप्टरबाबाट सुर्खेत ल्याइएको छ र प्रदेश अस्पातलामा उपचार भइरहेको छ ।
उनको अवस्था सामान्य रहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार धुब्र बुढाथोकीले बताए । सिटी स्यानको रिपोर्ट आएपछि उनलाई कति दिन अस्पताल राख्नपर्छ भन्ने थाह हुने अस्पताल स्रोतले बतायो ।
