ओलीको आरोप-‘मैले हैन प्रचण्डले हो आ–आफ्नै शुर गरौं भनेको’

नेकपाका दुई अध्यक्षमध्ये पार्टी फुट्ने कुरा कसले गर्यो ? पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीको उक्त आशयको अभिव्यक्ति निकट नेताहरुलाई सुनाएपछि राजनीति तरंगित भयो । तर, प्रधानमन्त्री ओलीले उक्त आक्षेपको तीर प्रचण्डतिरै सोझ्याएका छन् ।

‘कसले गर्यो पार्टी फुट्ने कुरा ? मैले ?’ एक टेलिभिजनसँगको अन्तरवार्तामा ओलीले भने, ‘उहाँहरुले नै अलि अगाडि पत्रकार सम्मेल नै गरेर जुनसुकै परिस्थितिका लागि जान तयार होऔँ भनेको होइन ? मैले भनेको हो र ? जुनसुकै परिस्थितिका लागि तयार होऔँ भनेको के ? पार्टी फुट्न सक्छ भनेको होइन र ?



बरु प्रचण्डले मिल्न सकिँदैन भने आ–आफ्नै गरौँ, तर झगडा नगरी सल्लाहमा गरौँ भनेर बोल्ने गरेको ओलीको आरोप छ । ‘मैले नै यो पार्टीलाई करिब दुई तिहाई बहुमतमा पुर्याएको छु, म नै अहिले पनि पहिलो अध्यक्ष छु, म यो पार्टी फुटाउन किन लाग्छु ?’ ओलीको प्रश्न थियो ।

 

सम्बन्धित समाचार