नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ कात्तिक ।

नेपालमा थप २ हजार ८१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हालसम्म संक्रमित हुनेको संख्या १ लाख ९४ हजार ४५३ पुगेको छ। पछिल्लो अपडेट अनुसार नेपालमा ३५ हजार ४१९ जना सक्रिय संक्रमित पुगेका छन्।
पछिल्लो २४ घण्टामा १२ हजार ३११ जनाको पीसीआर परीक्षण गरिएको छ। त्यस्तै आजै थप २ हजार ८१२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यो संगै कोरोना भाइरस निको भएर घर फर्किनेको संख्या १ लाख ५७ हजार ९२६ पुगेको छ।
नेपालमा पछिल्लो २४ घण्टामा थप २१ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ हजार १०८ पुगेको छ ।
