प्रचण्डको नेतृत्वमा नेकपा सचिवालय बैठक शुरु

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय बैठक शुरु भएको छ । नेकपाभित्र चर्किएको विवादका कारण प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीले बैठक नडाकेको भन्दै अध्यक्ष प्रचण्डसहित पाँचजना सचिवालय सदस्यको सहभागितामा बैठक बसेको हो ।

बैठकमा प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन् भने अध्यक्ष ओलीसहित महासचिव विष्णु पौडेल र नेताहरू ईश्वर पोखरेल तथा रामबहादुर थापा भने सहभागी छैनन् ।



धुम्बाराहीमा बैठक बस्नुअघि प्रचण्डले अर्का अध्यक्ष ओलीलाई भेटेका थिए । ओलीले हतारमा सचिवालय बैठक नबस्न आग्रह गरेका थिए । ओलीको आग्रहका बावजुद प्रचण्डसहि बहुमत सदस्यको बैठक यतिवेला धुम्बाराहीमा जारी छ ।

सम्बन्धित समाचार