नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ कात्तिक ।
बिहार विधानसभा निर्वाचनमा एनडीए र विपक्षी महगठबन्धनबीच कडा प्रतिस्पर्धा देखिएको छ। नितिश कुमारको नेतृत्वमा चुनावमा गएको भारतीय जनता पार्टी र जनता दल युनाइटेडको एनडीए १२१ सिटमा अगाडि छ।
तेजस्वी यादव नेतृत्वको महागठबन्धन भने ११४ सिटमा अगाडि छ। साना पार्टीहरु ८ सिटमा खुम्चिएका छन्। २४३ सिट रहेको बिहारमा सरकार बनाउन १२२ सिट आवश्यक पर्छ।
सबैभन्दा ठूलो पार्टीका रुपमा भने भाजपा स्थापित हुने देखिएको छ। भाजपा ७२ सिटमा अगाडि छ। एजेन्सी