नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ कात्तिक ।
हाँस्य टेलिश्रृङ्खला ‘भद्रागोल’बाट चर्चामा आएकी रक्षा श्रेष्ठ बास्ताविक जीवनमा नै आमा बन्न लागेको खबर बाहिरिएको छ । उनी गर्भवती भएको कारण नै उनी सहभागी भएको रियालिटी शो डान्सिङ वीथ द स्टारबाट बाहिरिएको बताइएको छ ।
हालै एक कुराकानीमा भद्रगोल टिमले यसबारे खुलासा गरेको हो । गर्भवती भएका कारण उनी अब छिट्टै पुनः प्रशारण हुन लागेको भद्रगोलमा नदेखिने सम्भावना रहेको बताइएको छ ।
उनी भद्रगोलबाट निकै चर्चामा आएकी कलाकार हुन् । सयको हाराहारीमा म्युजिक भिडियोमा अभिनय गरेकी रक्षाले ६५ भन्दा बढी विज्ञापनमा अभिनय गरेकी छिन् ।