नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ कात्तिक ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले १० हजार ८१ पीसीआर परीक्षण गर्दा थप २ हजार ५६९ जनामा कोरोना पुष्टि भएको बताए।
यससँगै कुल संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको छ । प्रवक्ता गौतमका अनुसार आज देशमा सक्रिय संक्रमितको संख्या ३८ हजार ९१२ रहेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६६६ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या १ लाख ६२ हजार २४३ पुगेको छ। निको हुनेको प्रतिशत ८१.२ रहेको उनले जानकारी दिए। पछिल्लो २४ घन्टामा २६ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या ११७४ पुगेको छ।
