वामदेव गौतमको राष्ट्रिय सभा सदस्य मनोनयनलाई सर्वोच्चद्वारा सदर

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमको राष्ट्रिय सभा सदस्यमा मनोनयनलाई सर्वोच्च अदालतले सदर गरेको छ ।

गौतमको राष्ट्रिय सभामा भएको नियुक्तिका विरुद्धमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटउपर अन्तरिम आदेश दिनु नपर्ने फैसला सर्वोच्चले गरेको हो ।



सर्वोच्च अदालतको पूर्ण इजलासमा बुधवार भएको सुनुवाईमा त्रिपाठीले अन्तरिम आदेशको माग गर्दै दायर गरेको रिटअनुसार अन्तरिम आदेश जारी गर्नु नपर्ने आदेश आएको हो ।

सम्बन्धित समाचार