प्रचण्ड-नेपाल समूह अघि बढ्ने देखेपछि प्रधानमन्त्री ओलीले नै बोलाए नेकपा सचिवालय बैठक

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका छन । शुक्रबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले सचिवालय बैठक बोलाएका हुन् । आफूइत्तरका नेताहरुले एकतर्फी रुपमा बैठक बोलाउने तयारी गरेृपछि ओली आफैले सचिवालय बैठक बोलाएका हुन् ।

महासचिव विष्णु पौडेलमार्फत् सचिवालय बैठक तय भएको हो। नेकपामा सचिवालय बैठक अध्यक्षको परामर्शमा महासचिवले बोलाउने व्यवस्था छ। महासचिव पौडेलले प्रधानमन्त्री ओलीसँग परामर्शपछि सचिवालय बैठक डाकेका हुन् ।



यसअघि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालय सदस्यहरू झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले अनौपचारिक रूपमा ध्रुम्बाराहीस्थित पार्टी कार्यालयमा बैठक गरी सचिवालय बैठक बोलाउन अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए।

प्रचण्डसहित नेता आज पनि सचिवालय सदस्यहरूसँग छलफल गर्ने बताइरहेका बेला प्रधानमन्त्रीले नै सचिवालय बैठक तय गरेका छन्। अध्यक्ष ओली सचिवालय बैठक बोलाउन सहमत नदेखिए अर्का अध्यक्ष प्रचण्डसहित पाँच सचिवालय सदस्यहरू बैठक बसेर स्थायी कमिटी बैठक तय गर्ने पक्षमा थिए।

सम्बन्धित समाचार