आज थपिए १ हजार ९१३ जना कोरोना संक्रमित, थप १५ जनाको निधन

देशभर पछिल्लो २४ घण्टामा थप १९ सय १३ जना नयाँ संक्रमित थपिएका छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार ९१३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको मन्त्रालयले बताएको छ ।

आज २३ सय ४९ जना कोरोना संक्रमित डिस्चार्ज भएका मन्त्रालयको तथ्यांकमा उल्लेख छ। यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख ६४ हजार ५९२ पुगेको छ ।



पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण विभिन्न अस्पताल र होम आइसोलेसनमा रहेका थप १५ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार यससँगै मृत्यु हुने संक्रमितको कुल संख्या ११ सय ८९ पुगेको छ।

सम्बन्धित समाचार