ओलीलाई भट्टराईको व्यङ्ग्य-‘शान राजारानीको जस्तो, नाउॅचाहिं कम्युनिष्ट !’

प्रधानमन्त्री निवास बालुवाटारमा अत्याधुनिक हेलिकोप्टर पार्कको निर्माणप्रति पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टाराईले खिसिट्युरी गरेका छन्। विहीबार साँझ एक ट्विट गर्दै भट्टराईले ‘शोख शान सबै राजारानीको जस्तो चाहिने नाउॅचाहिं किन ‘कम्युनिष्ट’ राख्नुपर्ने रहेछ हॅ’ भनी प्रश्न गरेका छन्।

प्रधानमन्त्री निवासभित्रै बालुवाटारमा हेलिकप्टर पार्क बनाइने समाचार विभिन्न समाचार माध्यममा आएपछि नेता भट्टराईले एक अनलाइन सञ्चारमाध्यमले लेखेको समाचारमा रिट्विट गर्दै यस्तो लेखेका हुन्। प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकोप्टरबाट संखुवासभाका विभिन्न कार्यक्रममा सहभागी हुन जाने क्रममा बुधबार पनि सोही नवनिर्मित हेलिप्याडबाटै पहिलो उडान गरिएको थियो।



सम्बन्धित समाचार