नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ कात्तिक ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठक ४० मिनेटमै सकिएको छ। बैठकमा सबै (नौ) सदस्यहरुको उपस्थिति थियो। लामो विवादपछि नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली असन्तुष्ट समूहको अनुरोध अनुसार बैठक बसाल्न सहमत भएका थिए।
बैठकमा जारी विवादका बारेमा संक्षेपमा कुराकानी भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार सचिवालयको अर्को बैठक मंसिर ३ गते बस्नेछ ।
आगामी बैठकमा पार्टी स्थायी कमिटीको निर्णय कार्यान्वयन र पार्टीको आन्तरिक मामलामा देखिएको समस्यामा छलफल हुने एजेण्डा तय भएको छ।
