नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ कात्तिक ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण भएका डाक्टर गोविन्द केसीको स्वास्थ्य लाभको कामना गरेका छन्। शनिबार बिहान ट्वीट गर्दै प्रधानमन्त्री ओलीले केसीको स्वास्थ्य लाभको कामना गरेका हुन्।
डा. केसीको सबै उपचार खर्च पनि सरकारले व्यहोर्ने प्रधानमन्त्री ओलीले जानकारी दिएका छन्। डा. केसीलाई शुक्रबार साँझ कोरोना संक्रमण पुष्टि भएको थियो।
डा. केसीलाई रुघाखोकी लाग्नुका साथै ज्वरोसमेत आएको छ । उनको श्वास प्रश्वासमा समेत समस्या देखिएको छ । डा. केसी अहिले अहिले शिक्षण अस्पताल महाराजगंजको गणेशमान सिंह भवनमा भर्ना भएका छन् ।
