मनोज गजुरेलले जिते कोरोनालाई

कोरोना भाइरसबाट सङ्क्रमित भएका कलाकार मनोज गजुरेल डिस्चार्ज भएर घर फर्किएका छन् । ११ दिनको अस्पताल बसाइपछि आफू अहिले घर फर्किएर आराम गरिरहेको गजुरेलले सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिएका छन् ।

उनले ट्वीटमा लेखेका छन्, ‘कोभिड–१९ का सबै रिपोर्ट नेगेटिभ आएका छन्, अहिले घर फर्किएर आराम गरिरहेको छु । केही दिनमा पूर्ण स्वस्थ भएर काममा फर्किनेछु ।’



साथै उनले आफ्ना प्रशंसक तथा शुभेच्छुकप्रति हार्दिक आधार तथा धन्यवाद व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार