ओली र गौतमबीच बालुवाटारमा छलफल, ओलीले गरे यस्तो प्रस्ताव

प्रधानमन्त्री केपी ओली र नेकपाका उपाध्यक्ष वामदेव गौतमबीच बालुवाटारमा छलफल भएको छ। उनीहरुबीच आइतबार बिहान बालुवाटारमा करिव एक घण्टा छलफल भएको हो । गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीकाअनुसार गौतमलाई पार्टीमा देखिएको विवाद कसरी समाधान गर्ने भन्ने विषयमा छलफल गर्न बालुवाटार बोलाइएको थियो।

पार्टीमा देखिएका समस्या कसरी समाधान गर्ने भन्ने सम्बन्धमा छलफल भएको थियो। ‘उपाध्यक्ष गौतमले प्रधानमन्त्रीलाई सच्चिनुको विकल्प नभएको भनेर आउनु भएको छ।’ सल्लाहकार सुवेदीले भने ‘ओलीले आफ्नो कार्यशैली सच्चाए समाधानको विकल्प त्यही हुने उपाध्यक्ष गौतमको भनाई छ।’



ओलीले आज पनि गौतमलाई सरकारमा आउन र प्रथम उपप्रधानमन्त्री बन्न आग्रह गरेका गौतम निकट स्रोतले जनाएको छ। तर गौतमले आफू अहिले सरकारमा नआउने ठाडो जवाफ ओलीलाई दिएका थिए। ओलीले शुक्रबार सचिवालयको बैठक सकिनासाथ पनि गौतम र अर्का वरिष्ठ नेता माधवकुमार नेपाललाई बालुवाटारमा बोलाएर आफ्नो समूहका सदस्यसहित छलफल गरेका थिए।

त्यो बेला पनि गौतमले ओलीलाई आफ्नो कार्यशैली नसच्याए पार्टीमा संकट बढ्ने चेतावनी दिएका थिए।

सम्बन्धित समाचार