नवकान्तिपुर संवाददाता
काठमाडौं, १ मंसिर ।

कोरोना संक्रमित पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको तेस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ। जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष समेत रहेका डा. भट्टराई र उनकी श्रीमती हिसिला यमी कोरोना संक्रमणपछि हाल आइसोलेसनमा छन्।
यसअघि दुई पटक स्वाब संकलन गर्दा रिपोर्ट पोजेटिभ आएको थियो। डा.भट्टराईले ट्वीट गर्दै स्वास्थ्य सुधारोन्मुख भए पनि फेरि आइसोलेशनमै बस्नुपर्ने रिपोर्ट आएको बताएका छन्।
डा.भट्टराई कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेका बेला तराईका जिल्लामा आयोजित पार्टीका विभिन्न कार्यक्रममा सहभागी भएका थिए। स्वाब संकलन गरेर परीक्षण गर्दा उनमा कात्तिक ८ गते कोरोना पोजेटिभ देखिएको थियो।
