नेकपा विवाद थप रोचकः बालुवाटारमा ओली पक्ष र खुमलटारमा प्रचण्ड पक्षका नेताहरुको भेला

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित असन्तुष्ट बहुमत सदस्यहरु बुधबार नेकपा केन्द्रीय सचिवालय बैठक सफल पार्न कस्सिएपछि प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी ओली थप रणनीति तय गर्न जुटेका छन् । उनले आफू पक्षका नेताहरु बालुवाटारमा भेला परेका छन्।

प्रधानमन्त्रीको सरकारी निवासमा भइरहेको भेलामा भेलामा उपप्रधानमन्त्रीसमेत रहेका ईश्वर पोखरेल, अर्थमन्त्रीसमेत रहेका विष्णु पौडेल, प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र पूर्व सभामुखसमेत रहेका पार्टी संसदीय दलका उपनेता सुबासचन्द्र नेम्बाङ सहभागी छन्। उनीहरुले प्रचण्ड समूहको सचिवालय बैठक डाक्ने योजनामा आफ्नो रणनीति तयार गर्न व्यस्थ छन्



ओली समूहमा रहेका गृहमन्त्री रामबहादुर थापा बादलसमेत बुधबारको बैठकमा सहभागी हुने तयारी भएपछि प्रचण्ड समूहले बोलाएको सचिवालय बैठक थप रोचक बनेको छ । बादलनिकट पार्टी सांसद मायाप्रसाद शर्माका अनुसार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र उनका समर्थकहरु बैठकमा सहभागी नभए पनि बादल उपस्थित हुनेछन्।

उता प्रचण्डले मंगलबार बिहान नेकपा महासचिव बिष्णु पौडेलसँगको भेटमा सचिवालय बैठक कुनै पनि हालतमा नरोकिने अडान राखेका थिए। साथै प्रचण्डले आजै स्थायी कमिटी सदस्यहरुसँग खुमलटारमै छलफल गरेका छन् । बुधबार बस्ने सचिवालय बैठक अगाडि अध्यक्ष प्रचण्डले आफू निकट स्थायी कमिटी सदस्यहरुसँग छलफल गरेका हुन् ।

उनले देवेन्द्र पौडेल, हरिबोल गजुरेल, टोपबहादुर रायमाझीलगायतका नेताहरुसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको राजनीतिक प्रस्ताव फिर्ता नभए बैठक सार्ने मनस्थिति बनाएका बेला उनले स्थायी कमिटी सदस्यहरुसँग सल्लाह सुझाव मागेका हुन् ।

मंगलबार बिहान महासचिव विष्णु पौडेलसँग भोलिको बैठकबारे छलफल गरेका अध्यक्ष प्रचण्डले लगत्तै आफू निकट नेताहरुलाई खुमलटार बोलाएका हुन् ।

 

सम्बन्धित समाचार