नेकपा सचिवालय बैठक शुरू, स्थायी कमिटी बैठक आव्हान गर्ने प्रचण्ड-नेपाल समूहको तयारी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठक शुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि बैठक शुरू भएको हो । बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका सचिवालयका सबै सदस्य उपस्थित छन् ।

लामो समयको कसरतपछि कात्तिक २८ गते शुक्रबार केही समयका लागि नेकपा सचिवालय बैठक बसेको थियो । शुक्रबारको बैठकमा प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई ७ पेज लामो पत्र र राजनीतिक प्रतिवेदन पेश गरेपछि नेकपा विवाद उत्कर्षमा पुगेको थियो ।



स्रोतका अनुसार प्रधानमन्त्री एवं अध्यक्ष ओली आजको बैठकमा उपस्थित भएर आफ्ना कुरा राख्नेछन् । आजको बैठक औपचारिक रूपमा शुरू गरेर कुनै निर्णय नगरी स्थगित गर्ने ओलीको तयारी छ । तर कार्यकारी अध्यक्ष प्रचण्ड र माधव नेपाल समूहले भने आजको बैठकबाट स्थायी कमिटीको बैठक आव्हान गर्ने र सोहि बैठकमार्फत ओलीलाई सरकारबाट फिर्ता बोलाउने तयारी गरेको छ ।

सम्बन्धित समाचार