नेकपा सचिवालय बैठक सम्पन्न, अर्को बैठकमा प्रधानमन्त्रीले पनि राजनीतिक प्रस्ताव पेश गर्ने

नेकपामा सचिवालय बैठक सकिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार १० दिनपछि फेरि बस्ने गरी आजको बैठक सकिएको हो।

बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री केपी ओलीले आफ्ना कुराहरु राखेका थिए । ओलीले अब बस्ने सचिवालयमा आफूले पनि राजनीतिक दस्तावेज पेश गर्ने र प्रचण्ड र आफ्नो दुबैको दस्तावेजमाथी छलफल गरेर सहमतिमा पुग्ने प्रस्ताव गरेका थिए ।



साथै आजको बैठकले आगामी मंसिर १८ गते स्थायी कमिटी बैठक बस्ने पनि निर्णय गरेको छ । यसअघि १५ मंसिरमा बस्ने भनिएको केन्द्रीय समितिको बैठक भने मंसिर २५ गते बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

चिनियाँ राजदुतले प्रधानमन्त्रीलाई भेटेको विषयलाई बैदेशिक हस्तक्षेप भन्न नमिल्ने पनि प्रवक्ता श्रेष्ठले सञ्चारकर्मीसामु बताएका थिए ।

सम्बन्धित समाचार