नेकपा संसदीय दलका उपनेता नेम्वाङसँग प्रचण्डको छलफल, ओलीले चाल्ने गलत कदममा साथ नदिन चेतावनी

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदीय दलका उपनेता सुवास नेम्वाङसँग पनि छलफल गरेका छन् । पार्टी विवादको सेरोफेरोमा प्रचण्ड र नेम्वाङबीच पार्टी कार्यालय धुम्बाराहीमा छलफल भएको हो ।

ओली पक्षका नेताहरुलाई एकपछि अर्को गर्दै प्रचण्डले भेटवार्ता गरिरहेका छन् । यसअघि उनले महासचिव विष्णु पौडेलसँग र उपप्रधानमन्त्री इश्वर पोखरेलाई पनि भेटेका थिए ।



नेम्वाङसँगको भेटमा पनि प्रचण्डले ओलीले पार्टी र देशलाई गम्भीर असर गर्नेखालका कलम चाल्नसक्ने भन्दै त्यस्ता कलममा साथ नदिन चेतावनी दिएका थिए । पछिल्ला ओलीका गतिबिधि पार्टी फुटाउने या संसद नै भंग गर्न लक्षित रहेको भन्दै प्रचण्डले कानुनी अड्चनका बारेमा पनि ओलीलाई संझाउन र बदलाको भावले अगाडि नबढ्न आग्रह गर्न नेम्वाङलाई सुझाव दिएको स्रोतले बतायो ।

सम्बन्धित समाचार