नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ मंसिर ।

गृहमन्त्रालयले काठमाडौं र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । आइतबार गृहले काठमाडौंमा काली पराजुली र भक्तपुरमा प्रेम भट्टराईलाई जिम्मेवारी दिएको हो ।
हाल काठमाडौंमा जनकराज दाहाल र भक्तपुरमा हुमकला पाण्डे कार्यरत थिए । उनीहरुको नियमित सरुवा गरेको गृहले जनाएको छ ।
