नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ मंसिर ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन्। चारवटै सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले आइतबार दिउँसो छलफल गरेका हुन्।
प्रधानमन्त्री नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख डा गणेश अधिकारीसँग छलफल गरेका छन्।
प्रधानमन्त्री ओलीले सुरक्षा निकाय प्रमुखसँग समसामयिक विषयमा छलफल गरेको बुझिएको छ। तर, कुराकानीको बिषय खुलाइएको छैन। पार्टीभित्रको विवाद र संसद विघटनको चर्चाका बेलामा सुरक्षा प्रमुखसँगको प्रधानमन्त्रीको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
