ओलीको सरकारमा सहभागी हुनु कांग्रेसका लागि आत्मघाती हुनेछ : अर्जुननरसिंह केसी

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले कांग्रेस कुनै हालतमा सरकारमा सहभागी हुन नहुने बताएका छन् । प्रधानमन्त्री केपी ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग सत्ता साझेदारीको प्रस्ताव गरेको चर्चा भइरहेको बेला उनले यस्तो भनेका हुन्।

ओलीसँगै मिलेर सरकारमा सहभागी हुनु कांग्रेसको निम्ति आत्महत्या जस्तै हुने केसीको टिप्पणी छ। ओली नेतृत्वको सरकार भ्रष्टाचारका कारण निकै बदनाम भएकोले बदनामीको भारी बोक्न कांग्रेस सरकारमा सहभागी हुन नहुने उनले समाजिक सञ्जालमा लेखेका छन् ।



‘प्रम ओलीले नेका सँग संयुक्त सरकारको प्रस्ताव राखेको हल्ला छ,’ उनले भनेका छन् ‘स्थिरता, समृद्धि र स्वर्ग लाने भ्रम छरेर आएको, भ्रष्टाचारमा चुर्लुम्म डुबेका सँग, फोहोरको भारी बोक्न यसमा संलग्न हुनु वा सत्तामा जाने हतार गर्नु नेकाको निम्ति आत्महत्या हुने छ।’

नेकपाको आन्तरिक विवादमा कांग्रेसले सरोकार लिन नहुनले नेता केसीको भनाई छ।

प्रधानमन्त्री ओलीले नेकपा फुटेपनि सत्तामा रहिरहने मनासायको साथ कांग्रेससँग सत्ता समझेदार गर्ने प्रस्ताव कांग्रेस सभापतिसँग राखेको बताइन्छ । ओलीले कांग्रेसलाई ८ मन्त्रालय दिने भन्दै देउवालाई सरकारमा सहभागी हुन आग्रह गरेको सेतको दाबी छ ।

सम्बन्धित समाचार