ककनीमा नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश गर्नेहरूको लहर

ककनी गाउँपालिकाको चाउथे– ३, गैरीखर्कका २५ जनाभन्दा बढी युवाहरू नेकपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । ककनी काठमाडौं सम्पर्क समितिका अध्यक्ष ऋषिकुमार तमाङको विशेष पहलमा नवप्रवेशी युवाहरूलाई नेपाली कांग्रेस पार्टीका जिल्ला सभापति जगदीश्वरनर्सिङ केसीको प्रमुख आतिथ्यमा सदस्यता वितरण कार्यक्रमको आयोजना गरिएको थियो ।

प्रमुख अतिति केसीबाट नवप्रवेशीहरूलाई साधारण सदस्यता वितरण गर्दै नवप्रवेशी युवाहरूलाइ नेकपा परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेकोमा स्वागत गर्दै धन्यवाद पनि दिएका थिए । उनले अबको नेतृत्व युवाहरूले गर्नुपर्ने बताए ।



नवप्रवेशी युवा पोषनाथ तामाङलगायतले आफूहरू नेपाली कांग्रेसमा रहेर पार्टीलाई बलियो बनाउन लागिपर्ने बताएका थिए । उनीहरूले गाउँ समाजमा रहेको बेथिति र भ्रष्टाचारको खुलेर विरोध गर्दै आम नागरिकका पक्षमा काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा जिल्ला तरूण दल सदस्य सिहंबहादुर लामा, बुद्धिजीवी एवम् अन्य महानुभावहरूको पनि उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार