बर्दिबास घटना : प्रहरीको गोली लागि घाइते न्यौपानेको उपचारको क्रममा मृत्यु

६ वर्षीया बालिका गुलाब साह खातुनको हत्या विरोधमा उत्रिएका महोत्तरी बर्दिबासका स्थानीयमाथि प्रहरीले गोली चलाउँदा घाइते भएका सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको छ ।

गोली लागेर गम्भिर घाइते भएका न्यौपानेलाई हेलिकोप्टरबाट काठमाडौंको ग्रान्डी अस्पताल लगिएको थियो । उनको मंगलबार राति १ बजे उपचारको क्रममा अस्पतालमै मृत्यु भएको अस्पतालले जनाएको छ ।



उनीसँगै घाइते अर्का श्याम कार्कीको भने उपचार भइरहेको छ । न्यौपानेको मृत्युसँगै बर्दिबासमा थप तनावको स्थित सृजना भएको छ ।

सम्बन्धित समाचार