नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ मंसिर ।

कोरोना संक्रमणका कारण लमजुङका थप एक जनाको निधन भएको छ । लमजुङको मध्यनेपाल नगरपालिका ७ का ८७ वर्षीय संक्रमितको विहीबार ज्यान गएको हो ।
उनको उपचारको क्रममा आज बिहान दुई बजेर ३० मिनेट जाँदा कास्की सेवा अस्पतालमा ज्यान गुमेको हो । ती बृद्धमा ९ मंसिरमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
योसंगै गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ सय ४४ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा। विनोदविन्दु शर्माले जानकारी दिए । लमजुङमा भने कोरोना संक्रमणबाट ३ जनाले ज्यान गुमाएका छन् ।

