आज थपिए १ हजार ६१४ जना कोरोना संक्रमित, थप २३ जनाको मृत्यु

नेपालमा थप एक हजार ६१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। विहीबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ६१४ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै, संक्रमणबाट पछिल्लो २४ घण्टामा २३ जनाले ज्यान गुमाएका छन्। साथै १ हजार ४ सय ३७ जना निको भई घर फर्किएका मन्त्रालयले जनाएको छ।



अहिलेसम्म नेपालमा २ लाख २७ हजार ६४० जनामा संक्रमण पुष्टि भइसकेको छ भने २ लाख ९ हजार ४ सय ३५ जनालाई कोरोना संक्रमण निको भइसकेको छ।

त्यस्तै, अहिलेसम्म यसको संक्रमणबाट एक हजार ४१२ जनाले ज्यान गुमाएका छन्।

सम्बन्धित समाचार