नेकपाको सचिवालय बैठक जारी, प्रधानमन्त्रीले जवाफी प्रतिवेदन प्रस्तुत गर्दै

सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ। प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच चर्को आरोप प्रत्यारोपकै बीच जारी सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले जवाफी प्रतिवेदन प्रस्तुत गरिरहेका छन् ।

प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल बीचको आन्तरिक विवादको कारणले नेकपा पछिल्लो समय विवादमा फसेको छ। अध्यक्षद्धयको विवादले पार्टी विभाजनको दिशातर्फ केन्द्रीत भएको छ। विवादको क्रममा सचिवालयमा प्रधानमन्त्री ओली ओली अल्पमतमा देखिएका छन्। अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ छन्।



यस्तै, प्रधानमन्त्री ओलीको पक्षमा उपप्रधानमन्त्री ईश्वर पोखरेल र महासचिव बिष्णु पौडेल छन्। यद्यपी, अध्यक्ष दाहाल निकट रहेको गृहमन्त्री रामबहादुर थापा बादल प्रधानमन्त्री ओलीको पक्षमा देखिएका छन्। तर, उनी अहिलेसम्म कतै पनि खुलेका छैनन्।

प्रधानमन्त्री ओलीले अध्यक्ष दाहालले कात्तिक २८ गतेको बैठकमा प्रस्तुत प्रस्ताव र आरोप पत्र अस्वीकार गर्दै आफूमाथि लगाएका आरोपबारे बैठकमा स्पष्ट पारिरहेका छन् ।

सम्बन्धित समाचार