चिनियाँ रक्षामन्त्रीलाई सैनिक मुख्यालयमा ‘गार्ड अफ अनर’ प्रदान

नेपाली सेनाले चिनियाँ रक्षामन्त्री वेइ फेङ्हेलाई गार्ड अफ अनर प्रदान गरेको छ। रक्षामन्त्री फेङ्हेलाई जङ्‍गी अड्‍डामा गार्ड अफ अनर प्रदान गरिएको हो।

एकदिने नेपाल भ्रमणका लागि आज काठमाडौं आएका फेङ्हेले जङ्‍गी अड्‍डामा सम्मान  ग्रहण तथा निरीक्षण गरेका हुन्।



उनले आजै नेपाली सेनालाई सैनिक सामाग्री समेत हस्तान्तरण गर्ने कार्यक्रम छ। आजै रक्षामन्त्री फेङ्हे र सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाबीच वार्ता हुनेछ।

सम्बन्धित समाचार