नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ मंसिर ।

आज काठमाडौं उपत्यकासहित देशभरको मौसम सफा रहेको मौसमविद्ले बताएका छन् । आज पनि हिजो जस्तै देशका धेरै ठाउँमा घाम लाग्ने मौसमविद् प्रतिभा मानन्धरले बताइन् । उनका अनुसार आज काठमाडौंको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ ।
अधिकतम तापक्रम भने २० देखि २२ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ । यस्तै भोलि बेलुकादेखि भने देशका केही ठाउँको मौसम बद्ली हुन सक्ने पूर्वानुमान गरिएको छ ।
स्थानीय वायुको प्रभावका कारण भोलि बेलुकादेखि मौसम बद्ली हुने तर पानी भने नपर्ने मौसमविद् मानन्धरले जानकारी दिइन् ।

