नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ मंसिर ।
नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेन चिप्लेर घाइते भएका छन् । आइतबार डाक्टरहरुले जारी गरेको विज्ञप्तिमा बाइडेनको खुट्टामा ‘हेयरलाइन फ्र्याक्चर’ भएको केही हप्तासम्म ‘वाकिङ बुट’ आवश्यक पर्ने बताइएको छ । शनिबार आफ्नो कुकुर ‘मेजर’ सँग खेल्ने क्रममा बाइडेन चिप्लिएका थिए ।
‘प्रारम्भिक एक्स रेमा फ्र्याक्चर नदेखिएपनि विस्तृत क्लिनिकल परीक्षणमा हेयरलाइन फ्र्याक्चर देखिएको थियो,’ डा केभिन ओ’कोनरले आइतबार भने ।
यसअघि बाइडेनको अफिसले कुकुरसँग खेल्दा कुर्कुचा मर्किएपछि डाक्टरसँग जाँच गराउने बताएको थियो । आइतबार साँझ राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै बाइडेनको स्वास्थ्यलाभको कामना गरेका छन् ।