नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ मंसिर ।

प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटक अकाउन्ट सञ्चालनमा ल्याएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार @kpsharmaoli_official ह्याण्डल सञ्चालनमा आएको हो।
‘प्रधानमन्त्री पहिलादेखि नै फेसबुक र ट्विटरमा हुनुहुन्छ’, प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने, ‘उहाँका धारणाहरू लोकप्रिय बनेको टिकटकबाट पनि जनतामा पुर्याउन खोजेका हौं।’
टिकटकले प्रधानमन्त्रीको अकाउन्ट भेरिफाइ गरिसकेको छ। प्रधानमन्त्रीको पहिलो भिडिओमा एक लाख भ्युज कटेको छ। नयाँ पुस्तामाझ टिकटक चर्चित छ। प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले छलफल गरेर नै सञ्चालनमा ल्याइएको बताए।
‘अकाउन्ट खोलेका थियौं, टिकटकले हामीलाई प्रधानमन्त्रीको आधिकारिक होरहोइन भनेर सोध्यो’, ती सदस्यले भने, ‘हामीले आधिकारिक अकाउन्ट भएको बताएपछि भेरिफाइड भयो।’
@kpsharmaoli_official We are working on service integration digitalnepal
