आज थपिए १ हजार ४७४ जना कोरोना संक्रमित, थप २९ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कुल कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या १५०८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १७ हजार ४२३ रहेको छ ।



पछिल्लो २४ घण्टामा थप १९३१ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख १४ हजार ५२१ पुगेको छ ।

सम्बन्धित समाचार