यस्तो छ, आगामी तीन दिनको मौसम पूर्वानुमान

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गर्दै आज देशभर उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नभएको बताएको छ । हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर मौसम सामान्यतया सफा रहनेछ र राति गण्डकी, बागमती र प्रदेश नं १ का पहाडी भूभागमा आंशिक बदली रहि बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।



त्यस्तै, बुधबार दिउँसो बागमती र प्रदेश नं १ का पहाडी भूभागमा आंशिक बदली रहि बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । बुधबार राति, गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

त्यसैगरी, विहीबार दिउँसो गण्डकी, बागमती र प्रदेश नं १ का पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहि एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । राति, गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

सम्बन्धित समाचार