‘प्रधानमन्त्री ओलीको राजीनामा माग्नु गुटगत मानसिकता’

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य शंकर पोखरेलले पार्टीभित्र जारी विवादमा अध्यक्ष केपी शर्मा ओलीलाई मात्र दोषी देख्नु गुटगत मानसिकता भएको टिप्पणी गरेका छन्।

नेकपाको सचिवालय बैठक बस्ने दिन मंगलबार बिहान लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पोखरेलले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीको प्रतिरक्षात्मक अभिव्यक्ति दिएका हुन्।



उनले भनेका छन्, ‘पार्टीमा उत्पन्न समस्याका लागि कुनै एक अध्यक्षलाई मात्र जिम्मेवार देखाएर राजीनामाको माग गर्नु पार्टी एकता विरोधी गुटगत मानसिकता हो।’ आज दिउँसो १ बजे नेकपा सचिवालय बैठक बस्ने बताइएको छ।

सम्बन्धित समाचार