नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ मंसिर ।

चर्चित प्रखर वक्ता रमेश प्रसाईं वैवाहिक बन्धनमा बाँधिने भएका छन् । उनले कालीकोटकी नन्दा सिंहसँग लगनगाँठो कस्ने भएका हुन् । रमेश र नन्दाले आगामी २२ गते सोमबारका दिन विवाह गर्न लागेका हुन् । उनीहरुले विहे धरानमा हुने भएको छ ।
दृष्टिविहीन भए पनि प्रसाईं आफ्नो अद्भुत क्षमताका कारण चर्चित छन् । मिठो स्वरका धनी प्रसाईंसँग विवाह गर्न लागेकी नन्दा पनि दृष्टिविहीन नै हुन् । आफ्नो बोलीबाटै करोडौं दर्शक तथा स्रोताको मन जितेका रमेश विगत डेढ वर्षदेखी नन्दासँग प्रेम सम्बन्धमा रहेको बुझिएको छ ।
यसअघि लाइभ दोहोरी गाएपछि गायिका कल्पना दाहालसँग रमेशको नाम जोडिएको भएपनि कल्पना र रमेश मिल्ने साथी मात्र थिए । उक्त समयमा पनि रमेश र नन्दा गहिरो प्रेम सम्बन्धमा नै थिए ।

