नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ मंसिर ।

इलाका प्रहरी कार्यालय मालाखेती कैलालीका तत्कालीन प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) भरतराज चौधरीलाई गृह मन्त्रालयले निलम्बन गरेको छ। मंसिर ९ गते मध्यराति सम्पर्कविहीन भएका डीएसपी चौधरीलाई आचरण विरुद्धको गतिविधि गरेको भन्दै निलम्बन गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
मंसिर ९ गते मध्यराति सम्पर्कविहीन सम्पर्कविहीन भएका डीएसपी चौधरी कैलालीको एक होटेलमा युवतीसँग रंगेहात भेटिएका थिए । प्रहरीले भने उनी आफैं सम्पर्कमा आएको बताएको छ ।
‘उहाँमाथि लागेको आरोपका विषयमा छानबिन भइरहेको छ। प्रतिवेदन आएपछि धेरै कुरा थाहा हुन्छ’ एसएसपी सिंहले भने ।

