नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ मंसिर ।
अभिनेत्री श्वेता खड्काको विवाह सोमबार हुने भएको छ । श्वेताले विवाह गर्न लागेको दुलाहाको तर्फबाट बाँडिएको कार्डमा लेखिए अनुसार श्वेताले मंसिर २२ मा विजयेन्द्रसिंह रावतसँग विवाह गर्न गइरहेकी छिन् ।
वैवाहिक समारोह गोकर्ण फरेस्ट रिसोर्टमा विहानैदेखि शुरु हुनेछ । ‘कहाँ भेटिएला’बाट श्रीकृष्ण श्रेष्ठको जोडीको रुपमा नेपाली फिल्ममा डेब्यु गरेकी श्वेताले २०७१ साल असार २३ गते श्रीकृष्णसँगै विवाह गरेकी थिइन् । विवाह गरेको दुई दिन पछि नै बिरामी भएका श्रीकृष्णको उपचारकै क्रममा साउन २५ मा भारतमा निधन भएको थियो ।
दशैयता श्वेताले विवाह गर्न लागेको चर्चा भएपनि उनले सो चर्चालाई अश्वीकार गर्दै आएकी थिइन् । अहिले विवाहको कार्ड नै सार्वजनिक भएपछि उनको विवाहको विषयले थप चर्चा पाइरहेको छ ।