आज देशका यी स्थानमा हुनेछ वर्षा र हिमपात

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश–१, वागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली हुनेछ । प्रदेश–१ उच्च पहाडी भू–भागमा छिट्फुट वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।

यस्तै आज पूर्वी हिमाली भू–भागका केही स्थानमा हिमपताको सम्भावना रहेको छ । बाँकी स्थानहरूमा सामान्यतय माैसम सफा रहने महाशाखाले जानकारी दिएकाे छ ।



‘पश्चिम, मध्ये तथा पूर्वी तराईका जिल्लामा बिहान हुस्सु तथा कुहिरो लागेपनि दिउँसो घाम लाग्दै जाने सम्भावना छ,’ मौसमविद् नगरकोटी भन्छिन्, ‘बाक्लो हुस्सु बढेको खण्डमा सडक तथा हवाइ सवारीमा कम भिजिविलिटीका कारण सतर्कता अपनाउन पर्ने हुन्छ ।’

सम्बन्धित समाचार