ओली पछि प्रचण्ड पनि पुगे राष्ट्रपति भण्डारीलाई भेट्न

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् । पार्टीभित्र बढेको विवादका बीच प्रचण्ड राष्ट्रपति भण्डारीलाई भेट्न विहीवार साँझ करीब सवा ६ बजे शीतलनिवास पुगेका हुन् ।

आजै अपराह्न प्रधानमन्त्री केपी ओलीले पनि राष्ट्रपति भण्डारीलाई भेट गरेका थिए । बालुवाटारमा यतिबेला भने मन्त्रिपरिषद बैठक बसिरहेको छ । ओली र प्रचण्डले लगालग राष्ट्रपतिलाई भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।



नेकपामा विवाद बढ्दै जाँदा पार्टीभित्र एक्लिएका ओलीले विवादबाट छुटकार पाउन कै पार्टी नै फुटाउने मनाशायले अध्यादेश ल्याउँदै छ छैनन् भन्ने आशंकाका बीच प्रचण्ड राष्ट्रपतिलाई भेट्न पुगेका हुन् । यसअघि पनि प्रचण्डले राष्ट्रपतिसँगको भेटमा पार्टी एकतालाई असर गर्ने कुनैपनि कदममा साथ नदिन आग्रह गरेका थिए ।

सम्बन्धित समाचार