नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ मंसिर ।

मौसम पूर्वानुमान महाशाखाले आज देशका केही ठाउँमा वर्षा हुने अनुमान गरेको छ। महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार देशका धेरै स्थानको वायुको तापक्रममा गिरावट आउनुको साथै तराईमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना छ।
साथै प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि छ। महाशाखाले २४ घण्टे चेतावनी जारी गर्दै आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।
शनिबार पिन देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। बाँकी स्थानमा आंशिक बदली रहनेछ।
