ओली र प्रचण्डलाई सँगै शीतलनिवास बोलाईन् राष्ट्रपति भण्डारीले

राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई आज शुक्रबार सामुहिक छलफलका लागि शीतलनिवास बोलाएकी छन् । हिजो ओली र दाहालले छुट्टाछुट्टै राष्ट्रपतिसँग भेटेका थिए । छुट्टाछुट्टैको भेटेर छलफल गर्दा पनि सहमतिको सम्भावना नदेखेपछि राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओली र अध्यक्ष दाहाललाई शुक्रबार बिहान सामुहिक छलफलमा बोलाएको शीतलनिवास स्रोतले जनाएको छ।

प्रधानमन्त्री ओलीले विहीबार बिहान राष्ट्रपतिसँग भेटेर छलफल गरेका थिए भने बेलुका प्रचण्ड शीतलनिवास पुगेका थिए। दुवै अध्यक्षलाई राष्ट्रपति भण्डारीले मिलेर जान आग्रह गरेककी थिइन्। प्रचण्डसँग राष्ट्रपति भण्डारीले पार्टीमा मिलेर जान र बहुमतीय आधारमा कुनै निर्णय नगर्न सुझाव दिएकी थिइन्। प्रचण्डले आफुहरू पार्टी एकताका लागि प्रयासरत रहेको भन्दै कुनै अप्रिय कदम नचाल्न राष्ट्रपतिलाई आग्रह गरेका थिए।



नेकपाभित्र विवाद हुँदा भण्डारीले दुई अध्यक्षलाई यसैगरी मिलाउन पहल गर्दै आएकी छन्। यसअघि २०७६ मंसिर ४ गते राष्ट्रपतिकै रोहबरमा ओली र प्रचण्डबीच पदीय बाँडफाँटमा सहमति भएको थियो।

सम्बन्धित समाचार