आज कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ?

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलाममा ८, उदयपुरमा ३, ओखलढुंगामा १, खोटाङमा १, झापामा ३०, ताप्लेजुङमा १, तेह्रथुममा १, धनकुटामा २, मोरङमा ६१, संखुवासभामा ३, सुनसरीमा ३६, धनुषामा १३, पर्सामा १, बारामा ५, महोत्तरीमा १, रौतहटमा १, सप्तरीमा २, सर्लाहीमा ४, सिरहामा ९, काठमाडौँमा ४४०, काभ्रेमा १९, चितवनमा २९, दोलखामा १०, धादिङमा ५, नुवाकोटमा २, भक्तपुरमा ४१, मकवानपुरमा १२, रामेछापमा २ र ललितपुरमा १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।



यस्तै सिन्धुपाल्चोकमा ७, सिन्धुलीमा १, कास्कीमा ७९, गोरखामा ७, तनहुँमा ३, नवलपरासीपूर्वमा २८, पर्वतमा १, म्याग्दीमा ९, लमजुङमा २, बागलुङमा ३, स्याङ्जामा ११, अर्घाखाँचीमा ५, कपिलवस्तुमा १, गुल्मीमा २१, दाङमा २१, नवलपरासीमा ९, पाल्पामा १९, प्यूठानमा ५, बर्दियामा ७, बाँकेमा ३०, रुपन्देहीमा ३६, रोल्पामा १, दैलेखमा २, अछाममा ४०, कञ्चनपुरमा ७, कैलालीमा २४, डडेल्धुरामा ११, डोटीमा ३, दार्चुलामा ९ र बैतडीमा २ जना कोरोना संक्रमित थपिएका छन्।

सम्बन्धित समाचार