नवकान्तिपुर संवाददाता
काठमाडौं, २० मंसिर ।

राजतन्त्र पुनर्वहालीको माग गर्दै राजावादीहरुले काठमाडौंसहित देशभर प्रदर्शन गरेका छन्। देशभर भएका प्रदर्शनमा उल्लेख्य मानिसहरुले सहभागीता जनाएका थए ।
काठमाडौंको माइतीघरबाट शुरु भएको प्रदर्शन नयाँ बानेश्वरसम्म पुगेको थियो । प्रदर्शनकारीले हातमा राष्ट्रिय झण्डा पनि बोकेका छन् । उनीहरुले राजा आऊ, देश बचाऊलगायतका नारा लगाएका छन् । प्रदर्शनमा राप्रपाका नेताहरुको समेत सहभागी छन् ।
काठमाडौं पछि झापा र चितवनमा पनि विशाल प्रदर्शन भएका छन् ।

