नवकान्तिपुर संवाददाता
काठमाडौं, २० मंसिर ।
मिस नेपाल–२०२० को उपाधि नम्रता श्रेष्ठले हात पारेकी छिन् । फाइनलमा पुगेका पाँच प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपाल–२०२० को उपाधि चुमेकी हुन् ।
श्रेष्ठ किन्डर गार्डेन टिचर हुन्। यसैगरी, ‘मिस नेपाल सुप्रानेसनल २०२०’ को ताज सिमल कनौजियाले पाएकी छन् । मिस नेपाल इन्टरनेसनल–२०२० सन्ध्या शर्मा र मिस नेपाल अर्थ–२०२० सुप्रिया श्रेष्ठ भएका छन् ।
कोभिड–१९ का कारण केही महिना पछि धकेलिएको प्रतिस्पर्धा आज सम्पन्न भएको हो ।