नेकपा स्थायी कमिटी बैठक आज, ओलीको सहभागीता अनिश्चित

सत्तारुढ नेकपाभित्रको विवाद झनै पेचिलो बन्दै गएको बेलामा आज स्थायी कमिटी बैठक बस्दैछ । दुई अध्यक्षको प्रतिवेदनमा सहमति जुटाउन सचिवालय बैठक असफल भएपछि विवाद स्थायी कमिटी बैठकमा प्रवेश गर्दैछ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको असहमतिबीच आइतबार पार्टी कार्यालय धुम्बराहीमा स्थायी कमिटी बैठक बोलाइएको छ ।

स्थायी कमिटी बैठकमा ओली उपस्थित हुनेरनहुने अनिश्चित छ । शनिबारको बैठकमा ओलीले पार्टीमा देखिएको विवाद सचिवालय बैठकबाटै समाधान गर्नुपर्नेमा जोड दिएका थिए । तर सचिवालय बैठकमा सहमति हुन नसकेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल पक्षले दुवै प्रस्ताव स्थायी कमिटीको बैठकमा लगेर छलफल गर्नुपर्ने अडान लिएका थिए। शनिबारको सचिवालय बैठकले दुवै अध्यक्षको प्रस्ताव स्थायी कमिटीमा लगेर छलफल गर्ने सचिवालय बैठकको बहुमतले निर्णय गरेको थियो।



हिजोको सचिवालय बैठकमा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले उपाध्यक्ष वामदेव गौतमको नेतृत्वमा कार्यदल बनाएर विवाद समाधान गर्नुपर्ने प्रस्ताव गर्रेका थिए । तर यसमा प्रचण्ड- नेपाल समूहले अस्वीकार गरेको थियो ।

पार्टीको विवाद आइतबार बस्ने स्थायी कमिटी र विहीबार शुरु हुने केन्द्रिय कमिटीबाट किनारा लगाउने प्रचण्ड(नेपाल समूहको तयारी छ । ओली अब बैठकबाट होइन, सहमतिबाट मात्र समस्या समाधान गर्नुपर्ने पक्षमा छन् ।

उनले शनिबारको बैठकमा पनि स्थायी कमिटी बैठक तत्काल नबोलाउन आग्रह गरेका थिए । तर सचिवालयका बहुमत सदस्यले स्थायी कमिटी बैठक बोलाउने अडान लिएपछि आइतबार स्थायी कमिटी बैठक बस्ने निर्णय भएको हो ।

सम्बन्धित समाचार