आज देशको यी स्थानमा हिमपातसँगै वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आइतबारको मौसम पूर्वानुमान जारी गर्दे देशका केही स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना र रहेको जानकारी दिएको छ । आज भारतको बिहार र आसपासमा न्युन चापिय प्रणाली रहेको र त्यसको प्रभाव नेपालमा पर्ने महाशाखाले जनाएको हाे ।

हाल देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाँकी स्थानहरुमा मौसम सामान्यतय सफा रहेको छ ।



यसैगरी, आइतबार दिउँसो प्रदेश नं १ तथा बागमती प्रदेश , गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली, कर्णाली र सुदुर पश्चिमी प्रदेशका पहाडि भूभागमा र प्रदेश नं २ मा आंशिक बदली रहि बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश नं १ को थोरै स्थानहरु साथै बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागको १र२ स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

सम्बन्धित समाचार