प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई पदबाट हटाउन माग

शनिबार बसेको नेकपा सचिवालयको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापालाई पदबाट हटाउनुपर्ने आवाज उठेको छ।

स्रोतका अनुसार उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्रीसँग उनलाई हटाउन माग गरेका हुन्। उनका अभिव्यक्ति पार्टीएकताविरोधी हुने गरेको भन्दै गौतमले आलोचना गरेका थिए ।



बैठकमा उपाध्यक्ष गौतमले भने, ‘प्रधानमन्त्रीज्यू, सूर्य थापालाई कारबाही गर्नुस्, उनले प्रशंसा गरेजस्तो गरेर सिध्याइदिन्छन्।’

सम्बन्धित समाचार