आज एक हजार ९६ जनामा कोरोना पुष्टि, थप १७ संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा थप एक हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै हालसम्म नेपालमा कुल संक्रमितको संख्या २ लाख ४० हजार ९८१ पुगेको छ। सक्रिय संक्रमितको संख्या भने १३ हजार ५२२ छ।

त्यस्तै,पछिल्लो २४ घण्टामा थप १७ सय ५२ जना कोरोना संक्रमणबाट निको भएर पूर्ण स्वास्थ्य बनेको पनि मन्त्रालयले जनाएको छ। कोरोनामुक्त हुनेको संख्या २ लाख २५ हजार ८ सय पाँच पुगेको छ।



आज १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाकै कारण नेपालमा मृत्यु हुनेहरूको कुल संख्या १ हजार ५९४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा विभिन्‍न प्रयोगशालामा ६ हजार ४९५ पीसीआर परीक्षण भएको थियो।

सम्बन्धित समाचार