नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ मंसिर ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी ओली आगामी बैठकमा आउने बताएका छन्।
स्थायी कमिटीको बैठकपछि सञ्चारकमीसँग कुराकानी क्रममा उनले भने, ‘उहाँले आजको बैठकमा पत्र पठाएपछि आएसरह नै हो। बैठकमा आगामी बैठकमा आउनुहुन्छ, ‘पार्टीभित्र देखिएका समस्या समाधानका लागि गम्भीर रुपमा छलफल गरेर जानुपर्छ।’
पार्टीभित्रको संकट स्थायी कमिटी र केन्द्रीय कमिटी बसेर नै समाधान गर्नुपर्ने उनको तर्क छ। भने, ‘उहाँले पत्रमा बैठक बहिष्कार गर्छु भन्नुभएको छैन।’
पार्टीभित्रको विवादमा अनिर्णयको बन्दी भएर नबस्ने उनले बताए। ‘पार्टीका बैठकले निर्णय गरेर बढ्छ। पार्टी अनिर्णयको बन्दी हुदैन। कति समय कसरी छलफल गर्ने भन्नेबारे छलफल गर्ने भन्नेमा छलफल हुन्छ’, उनले भने, ‘त्यो प्रयास पनि भइरहेको छ।’
पार्टीको विवादले देशलाई समेत समस्या पारेको उनले बताए। ‘पार्टीभित्रको विवाद बढ्दै जाँदा देशलाई समेत समस्यामा परिसकेको छ’, उनले भने, ‘तर, अब जुन स्तरको समस्याले देशलाई समेत समस्या पारिसकेको छ। अब त्यो हल हुन्छ। स्थायी कमिटी र केन्द्रीय कमिटीले अनिर्णीत छाडेर जाँदैन। निर्णय गरेर बढ्छ।’
